सस्तोमा आइफोन किन्न चाहानुहुन्छ ? पढ्नुहोस्
एजेन्सी । नेपाली मोबाइल प्रयोगकर्ताहरु माझ लोकप्रिय रहेको एप्पलले कम मूल्यमा आइफोन उत्पादन गरी विश्व बजारमा पठाउने तयारी गरिरहेको समाचारहरुमा बताइएको छ । उक्त मोबाइलको नाम भने ६ सी रहने छ ।
सञ्चारमाध्यमहरुले जनाए अनुसार सस्तो आइफोन यही अप्रिलसम्ममा बजारमा आउनेछ । जानकारहरुका अनुसार एप्पलले चार इन्च स्क्रिन साइज हुने साना आइफोनहरु बजारमा पठाउन लागेको बताएका छन् । २० देखि ३० करोड आइफोन बजार पठाउने कम्पनीले तयारी गरिरहेको सञ्चारमाध्यमहरुले बताएका छन् । उक्त आइफोनमा ३ डि टचजस्ता केही विषेशताहरु भने हुने छैन । तर, यसको हार्डवेयरमा भने मेटल प्रयोग गरिने बताइएको छ ।
एप्पलले २०१२ र २०१३ मा बजारमा पठाएको चार इन्च स्क्रिन साइजको उत्पादनले लोकप्रियता कमाए पछि कम्पनीले यस्तो तयारी गर्न लागको हो । प्रयोगकर्ताहरुले ५.५ इन्च साइज भएको फोन एक हातले चलाउन गाह्रो भएको गुनासो गरेका थिए ।
Leave a Comment