"मधेस आन्दोलनलाई बाबुरामको साथ, कांग्रेसको सदभाव, भारतको सुरक्षा" माधव नेपाल
माघ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसमा जारी आन्दोलनलाई बल प्रयोग गरेर दबाउँदा अप्रिय घटना हुने भएकाले संविधान संशोधनको बाटो लिनुपरेको विश्लेषण गरेका छन् ।
तर, संविधानमा संशोधन गरे पनि त्यसले अहिलेको संविधानको सारमा अर्को अर्थ नलाग्ने र यसले मधेस आन्दोलनलाई मथ्थर पार्ने नेता नेपालको विश्लेषण छ ।
शनिबार नेकपा एमालेले धुम्बाराहीस्थित धुम्र बराह पार्टी प्यालेसमा आयोजना गरेको पार्टीको आन्तरिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नेता नेपालले मधेस आन्दोलनलाई डा. बाबुराम भट्टराईको साथ रहेको तर्क गरे ।
‘मधेस आन्दोलनलाई बाबुरामको प्रत्यक्ष सहयोग छ, नेपाली कांग्रेसको सदभाव छ,’ एमाले नेता नेपालले भने-‘ भारतको त कुरै भएन, गास बास कपाससहित सुरक्षासमेत दिँदै आएको छ ।’
भारतले मधेसवादीजस्ता क्षेत्रीय पार्टीहरुको होइन, सिंगो नेपालसँग सम्बन्ध राख्न एमाले नेता नेपालले सुझाव दिए ।
एमालेले धुक्बाराहीमा शनिबार आफ्नो पार्टीका वकिल, शिक्षक, इञ्जिनियर, पर्यटन व्यवसायी, कर्मचारी लगायत पेशागत संगठनहरुको जिल्ला प्रतिनिधि परिषद बैठक आयोजना गरेको थियो ।
बैठकमा नेता नेपालका साथै डा. राजन भट्टराईको पनि उपस्थिति थियो

Leave a Comment