उत्तर कोरियाले बनायो ह्याङओभर नहुने रक्सी

एजेन्सी : एक महिनअघि हाईड्रोजन बम बनाएर विश्वभर राजनीतिक भुइँचालो ल्याएको उत्तर कोरियाले फेरि अर्को आविष्कार गरेको दाबी गरेको छ।

उत्तर कोरियाका वैज्ञानिकहरुले ह्याङ ओभर (मातेर सुतेपछि उठ्दा हुने अफ्ठेरो) नहुने रक्सी निर्माण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हाईड्रोजन बम परीक्षण गरेर कोरियाली द्वीपमा ५ म्याग्निच्यूडको भूकम्प नै ल्याएको उत्तर कोरियाले बनाएको साउभे नामको यो रक्सीले मातेपछि टाउको पनि दुख्दैन र शरीर पनि भारी हुँदैन।

उत्तर कोरियाले सञ्चालन गरेको प्योङयाङ टाइम्स समाचार पत्रलाई उधृत गर्दै सिएनएनले छापेको समाचारमा यो रक्सी देशमै पाइने जडिबुटी र भातको माडबाट तयार पारिएको हो ।

यो चमत्कारी रक्सीको निर्माणपछि अन्य देशका मानिसहरुले उत्तर कोरियालाई माया गर्न सिक्ने प्योङयाङ टाइम्समा लेखिएको समाचारमा उल्लेख छ ।

टाएडोङगाङ खाद्य कारखानामा त्यहाँका वैज्ञानिकहरुले करिब ६ वर्षसम्मको प्रयासमा ह्याङ ओभरबाट पुर्णतया मुक्त रक्सी बनाएका हुन् ।

यो रक्सीमा धेरै औधषिजन्य गुण रहेको दाबी गर्दै प्योङयाङ टाइम्सले सरकारको स्तुति गाउँदै लेखेको समाचार अब रक्सीको ह्याङ हटाउन औषधि या फेरि रक्सी नै खानुपर्ने बाध्यता नरहेको जनाइएको छ ।

No comments

Powered by Blogger.