प्रधानमन्त्रीको भाषण– ‘चुला–चुलामा ग्यासको पाइप फिट गरिदिन्छु'
पुस २४, २०७२- नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अब चुला–चुलामा ग्यासको पाइप जोडिदिने महत्त्वाकांक्षी भाषण गरेका छन् ।
‘अब सिलिण्डरको फेज समाप्त भयो, कहिले ग्यासको बुलेट आउला भनेर हेर्ने दिन गए,’ प्रधानमन्त्री ओलीले शुक्रबार एमाले उपत्यकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘अलिकति समय दिनुहोस्, घरका चुला चुलामा ग्यासको पाइप फिट गरिदिन्छु ।’
कार्यकर्तामाझ आफ्ना विरोधीको आलोचना गर्दै भाषण अघि बढाएका ओलीले आफ्नो भनाइलाई काममा उतारेर देखाउने दाबी गरे । ‘चुला चुलामा ग्यासको पाइप हुन्छ, भित्तामा मिटर टाँसिन्छ जति बाल्नुहुन्छ, त्यसको पैसा तिर्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने ।
ओलीले काठमाडौंको फोहोरबाट पनि ग्यास निकाल्ने काम सुरु हुने बताए । हावाबाट विजुली निकाल्ने र एक बर्ष भित्र लोडसेडिङ अन्त्य गरेरै छाड्ने योजना रहेको र त्यअनुसार काम भइरहेको दाबी ओलीले गरे । तर यस्ता काम गर्न खोल्दा विपक्षीहरु भने आत्तिएको प्रधानमन्त्री ओलीको कथन थियो ।
‘यस्ता कुरा सुनेपछि केही केहीलाई तिरिमिरी झ्याँई भएको छ,’ प्रधानमन्त्री ओलीले भने । उनले तातोपानीका कुण्डबाट थर्मल विजुली निकाल्ने र पाँचतारे होटल बनाएर तातोपानीकै स्वीमिङ पोखरी बनाउने भाषण गरिरहँदा कार्यक्रममा उपस्थित कार्यकर्तामाफ हाँसोको फोहोरा छुटेको थियो ।
ओलीले कांग्रेस सहमति अनुसार नचल्दा अप्ठेरो अवस्था सिर्जना भए पनि सरकार तीब्रतासाथ अघि बढेको बताए । ‘सरकारका लागि एउटा गोरेटो पनि छैन, भिरको बाटोबाट हिड्नुपरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर पनि तीब्रताका साथ सरकार कुदेको छ ।
गर्न खोजेको के हो भन्ने मुख्य कुरा नबुझी गौण कुराको पछि लागेर सरकारको आलोचना गरिएको भन्दै ओलीले आक्रोश व्यक्त गरे । धेरै उपप्रधानमन्त्री र मन्त्रीहरु बनाउने, मन्त्रालय फुटाउने लगायतका गतिविधिलाई पनि प्रधानमन्त्री ओलीेले आफ्नो तर्कले ढाकाछोप गर्ने प्रयास गरे ।
‘हाम्रो ध्यान कतिजना उपप्रधानमन्त्री भए भन्ने छ, उपप्रधानमन्त्री धेरै भएर के बिग्रियो, मन्त्रीका अगाडि एउटा पगरी गुथाइदिएको त हो,’ प्रधानमन्त्री ओलीले भने, ‘सांसद नभइकन मन्त्री हुन पाइँदैन, सांसदको भन्दा मन्त्रीको दुईहजार बढी तलब हुने त हो नि ।’ मन्त्रीमण्डल ठूलो बनाउनुपर्ने बाध्यता कांग्रेसका कारण भएको भन्दै उनले हालै बेलायती पत्रिकाको उत्कृष्ट अर्थमन्त्रीको सूचीमा परेको नेता रामशरण महतसम्मलाई व्यंग कस्न भ्याए ।
‘कांग्रेसकै कारण मन्त्रीमण्डल ठूलो बनाउनुपरेको हो, कांग्रेस सरकारमा आइदिएको भए २०/२५ जना मन्त्रीले नै काम चलाउन सकिन्थ्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘अझै पनि सरकारमा आउने हो भने मन्त्री घटाउन सकिन्छ, सानो मन्त्रीमण्डल बनाऔंला, बेलायत, युरोपतिर उत्कृष्ट कहलिएका व्यक्तिहरु छन् क्यार ।’ उनले सरकारमा ‘कति पार्टी, कति मन्त्री छन् भन्नेतिर होइन, प्रधानमन्त्रीको को छ’ भन्ने ख्याल गर्न आग्रह गरे ।
ओलीले मन्त्रिपरिषद्बाट आर्थिक सहायता बाँडिएको बिषयलाई सञ्चार माध्यमले समाचार बनाएको विषयप्रति पनि आपत्ति जनाए । मुलुकका लागि योगदान दिने व्यक्तिहरुलाई नै त्यस्तो सहयोग बाँडिएको ओलीको तर्क थियो । ‘९६ बर्षको सामाजिक जागरणमा लागेको एउटा व्यक्तिलाई उपचारमा एक लाख रुपैयाँ सहयोग गर्दा एउटा ३२ बर्षको ठिटो पत्रकारले अघिल्लो सरकार जस्तै पैसा बाँड्यो भनेर लेख्छन्,’ प्रधानमन्त्री ओलीले कार्यकर्ताहरुलाई भने भने, ‘तपाईंहरु यस्ता कुराका पछि नलाग्नुहोस्, हाम्रो उद्देश्य के हो त्यसलाई ध्यान दिनुहोस् ।’ उनले सरकारले भ्रष्टाचार नगर्ने, शान्ति सुव्यवस्था काम गर्दै मुलुकलाई नयाँ युग तर्फ लैजाने ओलीको भनाइ थियो ।
२०५१ सालमा एमालेको नौ महिने सरकार पनि लोकप्रिय काम गरेकै कारण विपक्षीहरुमा आतंक मच्चिएको उल्लेख गर्दै अहिलेको सरकारबाट पनि उनीहरु त्यसरी नै आतंकित भएको बताए ।

Leave a Comment