ग्यालेक्सी एस सेभेन, के के छन् फिचर्स ?

दक्षिण कोरियाली कम्पनी सामसुङको ग्यालेक्सी सिरिजको नयाँ स्मार्टफोन ग्यालेक्सी एस सेभेन औपचारिक रुपमा सार्वजनिक हुनुअघि नै यो स्मार्टफोनको विस्तृत विवरण लिक भएको छ ।
प्रविधि सम्बन्धी विभिन्न वेबसाइटहरुले ग्यालेक्सी एस सेभेनका बारेमा विभिन्न प्रकारका जानकारीहरु सार्वजनिक गरिरहेका छन् । ती मध्ये केही आधिकारिक मानिएपनि कतिपय भने अनुमानकै भरमा लेखिएका छन् ।
मिडिया रिपोर्टहरुका अनुसार सामसुङले ग्यालेक्सी एस सेभेनका विभिन्न ३ वटा भेरिएन्ट अर्थात् प्रकार एकसाथ ल्याउनेछ । फेब्रुअरीमा हुने मोबाइल वल्र्ड कंग्रेसका दौरान सामसुङले ग्यालेक्सी एस सेभेन, एस सेभेन एज र एस सेभेन एज प्लस स्मार्टफोन लन्च गर्ने तयारी गरिरहेको बताइएको छ । ग्यालेक्सी एस सेभेनको मूल्य ग्यालेक्सी एस सिक्स भन्दा १० प्रतिशत कम हुने बताइएको छ ।
रिपोर्ट अनुसार सामसुङ ग्यालेक्सी एस सेभेनमा आइफोन सिक्स एसमा जस्तै लाइभ पिक्चर फिचर हुनेछ । एप्पल भन्दा पहिले एचचिटीले पनि आफ्ना केही स्मार्टफोनमा यो फिचरको प्रयोग गरिसकेको हो । तथापि आइफोन सिक्स एस पछि लाइभ पिक्चर फिचर निकै लोकपि्रय बनेको छ । यो पिचरमा तस्वीरसँगै ब्याकग्राउण्ड भ्वाइसे हुने छैन । यसको मद्धतले फेसबुक, इन्स्टाग्राम जस्ता सोसल नेटवर्किंग साइटहरुमा जिआइएफ तस्वीर समेत शेयर गर्न सकिनेछ ।
ग्यालेक्सी एस सेभेनमा ५.५ इन्चको फुल एचडी स्क्रिन, ३ गिगाबाइटको र्याम तथा १६ गिगाबाइटको इन्टर्नल मेमोरी रहनेछ जसलाई १२८ जिबीसम्म बढाउन सकिनेछ ।
यो एन्ड्रोइड ५.१.१ ललिपप अपरेटिंग सिस्टममा काम गर्नेछ । यो स्मार्टफोनमा सामसुङले आफ्नो Exynos 8890 चिपसेट तथा क्वालकोम स्नाप ड्रागन 820 SoC  प्रोसेसर हालेको छ ।

No comments

Powered by Blogger.