केपी_ओलीलाई_मेरो_खुला_पत्र



- घर घर मा पाईप , टुटी , धारा सबै छ तर पानी आउदैन , अक्कल झुक्कल पानी आए पनि पिउन योग्य छैन ।
- देशको आधा जनसंख्या अझै पनि आची गर्न लोटा लिएर खेत तिर जान्छन , घरमा ट्वाईलेट छैन ।
- देशको एक मात्र अन्तराष्ट्रिय बिमानस्थल को शौचालय जादा नाक थुनेर जान पर्छ , जाबो ट्वाईलेट साफा राख्ने हुति पनि नेपाल सरकार संग छैन ।
- देशको राजधानीको सडक मा हिड्दा मुखमा माक्स कसेर हिड्नु पर्छ , सडक को छेउ छाउ फोहर ले भरिएको छ , सरकार संग देशको राजधानी समेत सफा राख्ने क्षमता छैन ।
- देशको ४०% भुभाग मा अझै पनि बाटो घाटो पुगेको छैन , सवारी साधन जादैन , पैदल हिड्नु पर्छ ।
- नेपाल बिश्व मै पानी को दोश्रो धनी देश तर बिगत १०५ बर्ष मा ८०० मेगावाट बिजुली समेत निकाल्न नसकेको अवस्था छ , दैनिक १५ घन्टा भन्दा बढी लोडसेडिङ हुन्छ ।
- वैशाख १२ को भूकम्प पछि बिश्व ले लौ गरि खाउ भनेर ४ खर्व भन्दा बढी पैसा दक्षिणा दियो तर आज भूकम्प गएको १० महिना बिति सक्दा समेत जनता तिरपाल मुनि बस्न बाध्य छन । अरुले दान दिएको पैसा समेत उपभोग गर्न सक्ने क्षमता नेपाल सरकार संग छैन ।
- भारतीय नाकाबन्दी पछि नेपालमा ईन्धन अभाव छ , नेपाल सरकार संग भारत बाहेक अरु बिकल्प खोज्ने हुति छैन , देशमा मौलाएको कालो बजारी नियन्त्रण गर्ने क्षमता समेत छैन ।
- बिगत ५ महिना देखि मधेश आन्दोलित छ , नेपाल सरकारले न दमन गरेर आन्दोलन दबाउन सक्छ न वार्ता गरेर समस्या सुल्झाउन सक्छ ।

यी र यस्ता सयौ समस्याहरु नेपालमा छन । आजको पहिलो प्राथमिकता भनेको यिनै समस्या को समाधान गरेर अगाडि बढ्नु हो ।
गर्न सक्ने केहि नगर्ने
गर्नु पर्ने केहि नगर्ने
कामको नाउमा एउटा सिन्को समेत नभाच्ने तर
बिना पुर्भाधार चुलो चुलो मा ग्यास जोड्छु भन्ने ?
ट्रली बस चलाउछु भन्ने ?
हावा बाट बिजुली निकाल्छु भन्ने ?
संसारका धेरै देशहरु मा चुलो चुलोमा ग्यास जोडिएको छ , ट्रली बस पनि चलेका छन र खोला नाला नहुनेहरु ले बैकल्पिक उर्जाको रुपमा हावा बाट बिजुली पनि निकालेका छन तर के यी सबै कुरा अहिले नेपालमा सम्भव छ त ? जनता लाई १ सिलिन्डर ग्यास , १ भारी दाउरा , एक जर्किन मट्टीतेल समेत दिन नसक्ने ले ठुला ठुला गफ जोत्नुको के अर्थ ? प्रम ज्यू , उखान टुक्का बन्द गरौ , गर्नु पर्ने र गर्न सक्ने काम गरेर जनतालाई ए यो देशमा सरकार पनि छ है भन्ने कुराको अनुभूति गराऊ अनि मात्र ठुला ठुला गफ जोतौला है ? कि कसो ……….?
बुढा पाकाले घाटी हेरेर हाड निल्नु तेसै भनेका त पक्कै होईनन होला ? अरु हवाईजहाज चढे भनेर आफु धुरी चढ्नु पर्छ र ?

जय नेपाल

No comments

Powered by Blogger.