‘बाहुबली’ ले मात्रै पाउने ग्यास !

२४ पुस, काठमाडौं । पैसा, शक्ति र पहुँच छ भने जति संख्यामा पनि ग्यासका सिलिन्डर घरमै आइपुग्छ । ग्यास उद्योगीले उद्योगबाट सीधै पहुँचवालालाई सिलिन्डर पुर्‍याइदिन्छन् ।

सर्वसाधारणले महिनौं दिनसम्म लाममा बसेर पनि नजिकैको विक्रेतालाई आधार सिलिन्डर ग्यास पाउन नसकेको अवस्थामा पहुँचवालाले ‘अर्डर’ दिएको दुई दिनभित्रमै चाहेको परिमाणमा सहजै ग्यास पाउँदै आएको अन्नपूर्ण पोस्टमा खबर छ ।

ग्यास उद्योगले प्रमाणीकरणमा परेका बिक्रेतामार्फत सिलिन्डर बिक्री गर्नुपर्ने सरकारी नियमको वेवास्था गर्दै ग्यास प्लान्टबाट सोझै सिलिन्डरमा बिक्री गरेर ढुवानी भाडा खर्चबापतको रकम हडप्नुका साथै बिक्रेताको रोजगारसमेत खोसेका छन् ।
(source:Onlinekhabar) 

No comments

Powered by Blogger.