कपिल ठूलो मान्छे बनेकोमा आमालाई विश्वासै छैन

मुम्बई । ‘कमेडी नाइट्स वीथ कपिल’को अन्तिम भाग २४ जनावरीमा प्रशारण हुने भएको छ । जुन एपिसोडको सुटिङ पहिल्यै भएको थियो । कार्यक्रम बन्द भएपनि उक्त कार्यक्रममा सहभागी कलाकार अहिले पनि आम दर्शकका मनमा बस्न सफल छन् ।
बिट्टु शर्माको रुपमा चर्चामा आएका कपिल शर्मालाई पनि आगामी दिनमा ‘कमेडी नाइट्स वीथ कपिल’ विनाको जीवन त्यति रसिक नहुन सक्छ । के गरेका थिए कपिलले र उनको कार्यक्रम यति धेरै चर्चित भयो ?
अहिले धेरैको चासोको विषय बनेको छ । कपिलको पारिवारिक पृष्ठभूमी कस्तो थियो भन्नेमा पनि दर्शहरु जुझारु हुन थालेका छन् । हेरौं कस्तो रहेछ उनको पारिवारिक अवस्था ।
बुवा प्रहरी आमा गृहणी
सन १९८१ अप्रिल २ मा अमृतसर पञ्जाबमा जन्मिएका थिए कपिल । उनकी आमाले सानोमा प्रेमले टोनी भनेर बोलाउथिन् । उनका बुबा जितेन्द्र शर्मा प्रहरी अफिसर थिए भने आमा रानी शुद्ध गृहणी थिइन् ।
कपिलका एक भाई र एक बहिनी छन् । कपिल शर्मा १५ वर्षको हुँदा उनको बुबाको क्यान्सरको कारण मृत्यु भएको थियो । उनी आफुलाई परेको ब्यथा सकेसम्म देखाउन चाहँदैनन् । उनलाई आफुलाई परेको समस्या सकेसम्म शेयर गर्दैनन् । घरको आर्थिक जिम्मेवारी उनी आफैंले निर्वाह गर्दै आएका छन् ।

कपिलको चाँडै बिहे होस् भन्छन भाइ
उनका भाइ अशोक कपिललाई दाइ नभएर साथी मान्छन् । भाइको चाहना छ दाइले चाँडै बिहे गरोस् र घरवार बसालोस् ।
‘कमेडी नाइट्स वीथ कपिल’ सुरुमा २१ भागका लागि सम्झौता भएको थियो । तर, दर्शकले लगातार मन पराउन थालेपछि एकसय भाग पुरा भयो । तर, एउटा कार्यक्रम यति धेरै चर्चित हुनुमा कपिलको लगाब र मेहनत हो भन्नेहरु धेरै छन् ।
कलेजपछि नाटक

कलेजको पढाइ पुरा गरेपछि पञ्जाब नाट्यशाला ज्वाइन गरेका थिए कपिलले । पछि उनले त्यहि कलेजमा अभिनय गर्नुको साथै नयाँ विद्यार्थीलाई अभिनय सिकाउन थाले ।
कलेज पढ्ने क्रममा कलेजमै हुने कार्यक्रमवाट हँसाउन सुरु गरेका थिए उनले । कलेजमा आयोजित कार्यक्रममा सहभागी भएर उनले कलेज पढ्ने खर्च पुर्‍याएका थिए ।
आमालाई विश्वासै लागेन
कपिल भारतकै ठूलो मान्छे भएकोमा उनकी आमालाई अझै विश्वास लागेको छैन । उनी अहिले पनि छोराको स्वास्थकै वारेमा चिन्ता गरेर बसेकी हुन्छिन् । अरुलाई हँसाउन निकै मेहनत गर्नुपर्छ भन्ने बुझेकी कपिलकी आमा भन्छिन् ‘कहिले काँही मेरो कपिल खाना खानै बिर्सन्छ ।’

No comments

Powered by Blogger.