यसरी चार्ज गर्नुहोस् बन्द कम्प्युटरबाट मोबाइल !

एजेन्सी । लोडसेडिङका कारण तपाईले मोबाइल चार्ज गर्न पाउनु भएको छैन भने अव चिन्ता नगर्नुहोस् । तपाईको स्मार्टफोन अब बिजुली नभएको बेलामा पनि बन्द भएको ल्यापटप वा कम्प्युटरबाट चार्ज गर्न सकिने प्रविधिको विकास भएको छ ।
विन्डोज सेभेन वा त्यसपछिको अपरेटिङ सिस्टम भएको कम्प्युटरको माइ कम्प्युटरमा क्लिक गरेर प्रोपटिजमा गइ डिभाइस म्यानेजरमा क्लिक गर्नु पर्छ । त्यसपछि युनिभर्सल सीरियल बस कन्ट्रोलमा क्लिक गरेपछि युएसबी रुट हब देखिन्छ ।
युएसबी रुट हबको प्रोपटिजमा क्लिक गरेपछि पावर म्यानेजमेन्ट ट्याबमा अलाउ कम्प्युटर टु टर्न अफ दि डिवाइस टु सेव पावरको बक्समा रहेको टिक मार्क हटाउनु पर्छ । यति गरेपछि ल्यापटप बन्द भएका बेला पनि स्मार्टफोन चार्ज गर्न मिल्छ । किनकी यो सबै प्रक्रिया पूरा गरेपछि ल्यापटप बन्द भएका बेलामा पनि त्यसको ब्याट्री भने प्रयोगमा आउँछ ।
यसरी विद्युत नभएको तथा ल्यापटप वा कम्प्युटर बन्द भएको बेलामा पनि मोबाइल चार्ज गर्न मिल्छ । तर यसरी मोबाइल चार्ज गर्दा ल्यापटपको ब्याट्री कम प्रयोग गर्नेतर्फ भने ध्यान दिनुपर्छ ।

No comments

Powered by Blogger.