नेपाल नामिबियासँग १५ रनले पराजित

बंगलादेशमा जारी यू-१९ विश्वकप क्रिकेटमा नामिबियाविरुद्धको खेलमा नेपाल नामिबियासँग १५ रनले पारजित भएको छ ।

नामिबियाले दिएको २२६ रनको चुनौती पछ्याएको नेपालका लागि ओपनर सुनिलले ५९ रनको योगदान दिएपनि अन्य ब्याट्म्यान जम्न नसक्दा नेपाल पराजित भएको हो ।

सुनिलले ५१ बलमा अर्धसतक बनाएका थिए ।यो हारसँगै नेपाल अर्को विश्वकपमा सिधै छनोट हुनबाट बञ्चित भएको छ ।

नेपालका ओपनर शंकर राना ७ बलमा २ रन बनाएको अवस्थामा आउट भएपछि सुनिलले योगेन्द्रसिंह कार्कीसँग मिलेर नेपालको पारिलाई सम्हालेका थिए ।

नामिबियाले दिएको २२६ रनको चुनौती पछ्याइरहेको नेपालका लागि ओपनर सुनिलले ५९ रन बनाएर आउट भएपछि नेपालको पतन शुरु भएको थियो ।

अर्का ओपनर शंकर राना ७ बलमा २ रन बनाएको अवस्थामा आउट भएपछि सुनिलले योगेन्द्रसिंह कार्कीसँग मिलेर नेपालको पारिलाई सम्हालेका थिए ।

सुनिलपछि योगेन्द्र पनि ६४ बलमा ३५ रन बनाएको अवस्थामा पेभेलियन फर्के । त्यसपछि राजु रिजाल एक रनमै आउट भए ।

अरिफ सेख र दीपेन्द्र सिंह एेरीले ३१ र ३० रन बनाइ पेभेलियन फर्केपछि नेपाल संकटतर्फ गएको छ ।

राजवीर सिंह र कुशल भुर्तेल टिक्न नसक्दा नेपाल संकटमा परेको थियो । नेपालका लागि उनीहरुले व्यक्तिगत २/२ रनमात्र बनाउन सफल भए ।
त्यसैगरी सुबास कँडेल तीन रनमा आउट भए । प्रेम तामाङले अन्तिमसम्मा डटे पनि जित दिन सकेनन् । उनले ३३ बलमा ३२ रन बनाए ।

टस जितेर ब्याटिङ रोजेको नामिबियाले निर्धारित ४५ ओभर खेल्दै ९ विकेटको क्षतिमा २२५ रन बनाएको थियो ।

आजको खेलको सुरुमै नामिबियाले पहिलो विकेट गुमाएको थियो । त्यसपछि समालिएर खेलेको नामिबियाले नेपाल समक्ष २२६ रनको चुनौती प्रस्तुत गर्यो ।

आजको खेलको बिजेता नामिबियाले अर्को विश्वकप सिधै खेल्न पाउने भएको छ । नेपालका सन्दिप लामिछानेले तीन विकेट लिए। सुशील कँडेलले दुर्इ तथा सुनिल धमला र प्रेम तामाङले एक-एक विकेट लिए।

यसअघि  नेपाल र नामिविया अहिलेसम्म तीन पटक प्रतिस्पर्धा गरेका छन्। जसमा नेपाल तीनै पटक विजयी भएको थियो ।

सन् २००२ मा न्युजिल्याण्डमा भएको खेलमा नेपाल १९ रनले नेपाल विजयी भएको थियो भने, सन् २००८ मा मलेसियामा भएको खेलमा नेपाल तीन रन र सन् २०१२ मा अष्ट्रेलियामा भएको खेलमा नेपाल ३९ रनले विजयी भएको थियो ।

No comments

Powered by Blogger.