बाबुराम ‘राष्ट्रद्रोही’: प्रचण्ड (भिडियाेसहित)
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईमाथि ‘राष्ट्रद्रोही’ को संगीन आरोप लगाएका छन् । बाबुरामको दिन फर्कियो भने देश खतरनाक ठाउँमा पुग्ने प्रचण्डको विश्लेषण छ ।
भारतमा जेएनयू विवादसँगै देशद्रोही र देशभक्तको चर्को बहस भइरहेका बेला प्रचण्डले जेएनयूकै पूर्वविद्यार्थी समेत रहेका भट्टराईमाथि ‘राष्ट्रद्रोही’को आरोप लगाएका हुन् ।
काठमाडौंका एमाओवादी अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले नयाँ शक्तिका नेता बाबुरामको दिन आए देश खतरनाक ठाउँमा पुग्ने बताए ।
मार्क्सवाद र माओ विचारधाराका कारण बाबुराम भट्टराई बनेको भन्दै उनले भने, ‘तर, अहिले आएर उहाँले आफूलाई राष्ट्रद्रोहीमा दर्ता गर्नु भो ।’ देश नाकाबन्दीजस्तो अप्ठ्यारो अवस्थाबाट गुजि्ररहेका बेला बाबुरामले पार्टी छाड्नु ‘बुढेसकालमा अर्कैसँग लाग्नु’जस्तै भएको उनले बताए ।
पीएचडी सबैले गर्छन् भन्दै प्रचण्डले पूर्वसहकर्मी भट्टराईको ‘बुद्धि नै रहेनछ’ भनेर टिप्पणी गरे ।
आफूलाई अहिले पनि बाबुरामको माया लाग्ने भन्दै प्रचण्डले उनी पार्टीमा र्फकने बताए । उनले भने, ‘यदि फर्कनुभएन र उहाँको दिन फर्कियो भने देश खतरनाक ठाउँमा पुग्छ ।
’

Leave a Comment