नवलपरासीका दुई युवती नदी किनारमा सेल्फी खिच्दा-खिच्दैं नारायणीमा बगे
दुई युवतीमध्ये एकजनाको जिवितै उद्धार गरिएको छ भने एक जना बेपत्ता भएकी छिन । नवलपरासी गैंडाकोट नगरपालिका वडा नं. १६ का नम्रता सापकोटालाई जिवितै उद्धार गरेको छ भने सोही ठाउँकी विस्मृती ज्ञवाली नदीमा बेपत्ता भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।
उनीहरु उद्योग वाणिज्य संघभन्दा तल चट्टानमाथि गएर मोबाइल फोनबाट सेल्फी खिच्न लाग्दा चिप्लेर नदीमा खसेको प्रहरीले जनाएको छ । बग्दै गएको देखेपछि नदी किनारमै रहेका श्याम थापाले पौडेर नम्रतालाई निकालेका थिए । विस्मृतीलाई भने बगाउँदै लगेको र उनको खोजी जारी रहेको प्रहरीको भनाइ छ ।
Leave a Comment