ह्वात्तै बढ्यो ट्राफिक जरिवाना, के गर्दा कति जरिवाना ?
नेपालमा अब ट्राफिक नियमलाई मिच्ने तथा जथाभावी सवारी चलाउनेले चर्को जरिवाना तिर्नुपर्ने भएको छ । आइतबारदेखि लागु हुनेगरि सरकारले ट्राफिक नियम मिच्नेहरुलाई जरिवाना २० गुणासम्म बढाएको हो ।
यस अघि लागु भएको यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संसोधन गरेर नयाँ जरिवाना शुल्क निर्धारण भएको हो । संसोधित नियम अनुसार यस अघि न्युनतम २५ रुपयाँ तिरे हुने जरिवानालाई बढाएर अब ५०० रुपयाँ अनिवार्य गरिएको छ ।
सरकारले ऐनमा भएको ट्राफिक कारवाहीको दरलाई संसोधन गर्दै क्रमश ५ सय, एक हजार र १५ सय बनाएको हो । संसोधित नियममा पहिलो पटक कारबाहीमा पर्नेले ५ सय रुपयाँ र फेरी सोहि व्यक्तिले गल्ति गरेको खण्डमा एक हजार, तेस्रो पटक परेमा १५ सय जरिवाना हुनेछ । साथै यस्तै क्रम ५ पटकसम्म दोहोरिएको अवस्थामा उक्त चालकको लाइसेन्स ६ महिनाका लागि खारेज हुने ब्यबस्था छ ।
तँ हेर्नुहोस्: ट्राफिक नियम मिच्दा कति कारबाही हुन्छ ?
५०० जरिवाना हुने कसुरहरु:
१. तोकिएको भन्दा बढि माल-सामान राखेमा
२. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएमा
३. सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेमा
४. प्रयोजन बिपरीत सवारी चलाएमा
५. हेल्मेट नलगाएमा
६. सवारी आवागमनमा बाधा पुरयाएमा
७. अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेमा
८. छतमा यात्रु बोकेको वा राखेमा

१००० जरिवाना हुने कसुरहरु:
१. सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएमा
२. सार्वजानिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा
३. दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी-नोक्सानी पुयाएको वा सम्पर्कमा नआएमा
४. मादक पदार्थ सेवन गरी सवारी चलाएमा
५. सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा

१५०० सम्म जरिवाना हुने कसुरहरु
१. ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएमा
२. सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएमा
३. सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएमा
४. सडकमा गलत साईड तर्फबाट सवारी चलाएमा
५. एकतर्फि सडकमा सो विपरित सवारी चलाएमा
६. अवस्था ठिक नभएको सवारी चलाएमा
७. निर्धा्रित गतिभन्दा बढी गतिमा सवारी चलाएमा
८. राती बत्ती नबाली सवारी चलाएमा
९. सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएमा
१०. नम्बर प्लेट नराखी सवारी चलाएमा
११. सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएमा
१२. पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएमा
१३. सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएमा
१४. सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेमा
१५. निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएमा
१६. लापरवाहीका साथ सवारी चलाएमा
१७. बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएमा
१८. सवारी चालक अनुमती पत्र, सवारी दर्ता किताब, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएमा
- sajhasabal bata savar

Leave a Comment