कुन राशिको ब्यक्तिलाई मित्रता बनाउदा कस्तो ब्यवहार गर्छन

१. मेष राशीः
 तुरुन्त साथी बनाउँछन्। मेष राशी भएका ब्यक्तिहरुको मन बगेको पानीजस्तै हुने गर्दछ । जहाँ राम्रा मान्छे भेट्यो त्यतै आकर्षित हुने । एक मिनेटमा नै साथी बन्ने निर्णय लिने
गर्दछन् र एक मिनेटमा नै तोड्ने । मेष राशी भएका
ब्यक्तिको साथीको समूह ठूलो हुने गर्दछ र उनले आफ्ना
साथीहरु कहिले पनि बिर्सन सक्दिनन् । नयाँ मानिसहरुसँग
साथी बन्न ढिला नगर्ने यस्ता बानीले पुराना साथीहरुसँग ठाकठुकसमेत पर्ने गर्दछ । साथीहरुसँग हाँसो–ठट्टा गर्न उनलाई निकै रमाइलो लाग्ने गर्दछ। उनको गहिरो सम्बन्ध निकै थोरै साथीहरुसँग मात्र हुने गर्दछ
२. वृष राशीः
बेष्ट फ्रेन्ड फर एभर’ वृष राशी भएकाहरु जब कोही व्यक्तिसँग साथी बन्छन् उनीहरुको सम्बन्ध निरन्तरको लागि हुन्छ । यीनिहरुको धेरै साथीहरु हुँदैनन् । सिमित वयक्तिहरुलाई मात्र साथी बनाउने वृष राशीकाहरु साथीसँगको सम्बन्धलाई निकै राम्रो तरिकाले निर्वाह गर्ने गर्दछिन् ।
३. मिथुन राशीः
मिथुन राशी भएका हरुको वाक कलाको क्षमता निकै राम्रो हुने
भएका कारण उनीहरुलाई वुद्धिजीविहरुसँग सम्बन्ध
बनाइराख्न निकै मनपर्छ । विशेष गरि साथीहरुबिच समन्वय
बनाइराख्नमा उनीहरु निकै पोख्त हुनेगर्दछन् । साथीहरुबिच यी राशी हुनेको मनमुटाव निकै कम हुने गर्दछ ।
४. कर्कट राशीः
कर्कट राशीहरु जोसँग साथी बन्दछन् उनीहरु साथीलाई
आवश्यकभन्दा बढि नै ध्यानमा राख्ने गर्दछन् । यदि तपाईं समस्यामा हुनुहुन्छ भने कर्कटहरुले हत्तपत्ती तपाईंको साथ कहिले पनि छोड्ने छैनन् । यो राशीकाहरु आफ्नो भावना व्यक्त गर्न कहिले पनि पछि पर्दैनन् । आफूलाई भने त्यति ध्यान नदिने कर्क्कटहरु कहिलेकाँही निकै रुखो व्यवहार गर्ने गर्दछन् ।
५. सिंह राशीः
सिंह राशी भएकाहरु आफ्नो साथीको बारेमा आवश्यकभन्दा धेरै सोच्ने गर्दछन् । यदि सिंह राशी भएका हरुसँग तपाईंको झगडा भएमा केहि बेरपछि नै उनीहरु पछि तपाईंकोमा आएर माफी माग्ने गर्दछन् । सिंहहरु आवश्यकभन्दा बढि नै सामाजिक हुने गर्दछन् । साथीहरुका लागि केहि गर्नका लागि सदैव उत्साहित हुने गर्दछन् ।
६. कन्या राशीः
कन्या राशीहरु आफ्ना साथीको प्रत्येक कुराको हिसाब राख्ने गर्दछन् । आफूले चाहेको जस्तो नभएमा उनीहरुको व्यवहार कहिलेकाँही निकै कडा पनि हुने गर्दछ तर उनीहरु मनबाट नराम्रा भने हुँदैनन् । कन्या राशी सँग साथी बन्दा तपाईंले कहिले पनि पछुताउनु पर्दैन । सल्लाह दिने कुरामा पनि यिनिहरु अग्रस्थानमा हुने गर्दछन् ।
७. तुला राशीः
तुला राशीका हरु निकै शान्त किसिमका हुन्छन् । साथीहरुको गल्तीलाई सधैँ माफी दिने। तुला हरु राम्रो साथी मात्र बनाउन
रुचाउँछन् । तुलासँग राम्रो व्यवहार गर्नुहुन्छ भने उनको
व्यवहार पनि तपाईंप्रति सधैँ राम्रो नै हुने गर्दछ भने तपाईंको व्यवहारमा रुखोपन आउन थालेमा उनी पनि रुखो हुनुसट्टा तपाईंबाट टाढा जान रुचाउँछन् । उनीहरु आफ्नो साथीको मनपर्ने– मननपर्ने कुराको बारेमा पनि ध्यान राख्ने गर्दछन् ।
८. वृश्चिक राशीः
वृश्चिक राशीहरु जति राम्रो साथी बन्न सक्छन् त्यति नै ठूलो दुश्मन पनि । आफूमाथि गरेको सहयोगलाई कहिले पनि नर्बिसने यीनिहरुले कसैलाई सहयोग त्यतिबेला गर्दछन् जतिबेला उनिहरुले पनि आफूलाई गर्ने पक्का हुन्छन्। उनीहरु साथीको छनौट पनि निकै सोचेर गर्ने गर्दछन् ।
९. धनु राशीः
धनु राशीहरु आफ्नो सम्बन्धमा कहिले पनि चिसोपन आउन दिँदैनन् । साथीहरुसँग झगडा हुँदा आफ्नो गल्ती नहुँदा पनि धनु आफैँ माफी माग्न पछि पर्दैनन् । अर्थात धनुहरु साथीहरुलाई फकाउन ढिलो गर्दैनन । साथीहरुबिच भेदभाव नगर्ने हुन्छन साथै धनु हरु तुला र कुम्भ राशीका व्यक्तिहरुसँग बढि मिल्ने गर्दछन् ।
१०. मकर राशीः
मकरहरुले साथी बनाउँदा जति खुसी मनले बनाउँछन् त्यति नै दुःखी साथीसँगको सम्बन्ध टुट्दा हुने गर्दछन् । साथीहरुलाई सल्लाह दिनमा निकै अग्रसर हुने मकरहरु साथीहरुको राम्रो को लागि जे पनि गर्न तयार हुन्छन् । मकरहरु निकै सामाजिक हुने गर्दछन् र उनीहरुको सम्बन्ध वृश्चिक र मीन राशीका व्यक्तिहरुसँग राम्रो हुने गर्दछ ।
११. कुम्भ राशीः
कुम्भ राशीहरु निकै सजिलै साथी बन्न सक्छन् । उनीहरु हरेक
व्यक्तिका लागि राम्रा साथी हुनेछन् । साथिहरुको समूहमा कुम्भलाई धेरैजसोले आफ्नो ‘बेष्ट फ्रेन्ड’ मान्ने गर्दछन । आफूलाई निकै गाह्रो भएता पनि साथीहरुको भावनालाई कहिले पनि ठेस पुर्याउँदैनन् । कुम्भहरु आफ्ना प्रत्येक कुराहरु साथीलाई बताउने गर्दछन् । कुम्भहरुको सबैभन्दा राम्रो साथी
तुला राशीका मानिसहरु हुने गर्दछन् ।
१२. मीन राशीः
यदि मीन राशी सँग साथी बन्दै हुनुहुन्छ भने एउटा कुरा ध्यानमा राख्नुहोस्, ‘मिनहरुलाई आफ्नो निजी जिन्दगीमा कुनै पनि हस्तक्षेप मान्य छैन’ । तपाईं मिनहरुसँग जति नै मिल्नुहोस् मिनहरुले केहि न केहि कुरा त पक्कै पनि लुकाएर राखेका हुन्छन् । मीन राशी हरुको मुड कहिले परिवर्तन हुन्छ त्यो पनि थाहा पाउन मुश्किल हुन्छ ।

No comments

Powered by Blogger.