एउटा मुसो जाँडको घ्याम्पोभित्र खसेछ..
एउटा मुसो जाँडको घ्याम्पोभित्र खसेछ
मुसो : बचाऊ, बचाऊ, कोही छ?
बिरालो : म्याउ, म्याउ……
मुसो : बिरालो दाइ, मलाई बचाऊ, मलाई यो जाँडको घ्याम्पोबाट निकाल, म जाँडमा डुबेर मर्न चाहन्नँ, बरु मलाई बाहिर निकालेर खाऊ, यो मेरो वाचा भयो, प्लिज हेल्प मी…
बिरालोले बडो मुस्किलले मुसोलाई जाँडको घ्याम्पोबाट निकालेछ।
निस्कनेबित्तिकै मुसो खुरुरु दुलोभित्र छिरेछ।
बिरालो (रिसाउँदै) : साले मुसा, अघि वाचा गरेको होइन? बाहिर आइज म तलाई खान्छु।
मुसो (दुलो भित्रबाट) : ओ बिरालो दाइ, अघि जाँड खाएको बेला के-के भनियो के-के, अब तिमी आफ्नो बाटो लागे हुन्छ, माइन्ड नगर ल
०००
शेरे आत्तिँदै अस्पताल पुगेर
शेरे : डाक्टरसा’ब ! घरमा गएर जाँचेको कति फिस लाग्छ?
डाक्टर : २ सय रुपैयाँ।
शेरे : ल छिटो जाऊँ डाक्टरसा’ब !
डाक्टरले बाइक निकाल्यो र शेरेलाई पछाडि राखेर तुफान कुदायो। घर पुगेपछि।
डाक्टर : खै कहाँ छ बिरामी?
शेरे : बिरामी-सिरामी केही होइन। (ट्याक्सी ड्राइभरले ५ सय रुपैयाँ माग्दै थियो), यता सस्तो मिल्यो तेसैले नि..
यी यो लिनुस्, २ सय रुपैयाँ।
०००
एउटा १० वर्षको फुच्चे हाफपाइन्ट लगाएर एउटा बसमा यात्रा गरिरहेको रहेछ। कन्डक्टरले नजिकै आएर भन्यो।
कन्डक्टर : ओ भाइ, खोइ भाडा देऊ त।
फुच्चे : भाडा कति हो र दाइ?
कन्डक्टर : फुलपाइन्ट फूल भाडा, हाफ पाइन्ट हाफ भाडा
फुच्चे : (हतारिँदै हाफ पाइन्ट फुकाल्दै) उसो भए ‘नो पाइन्ट नो भाडा’ होइन त?

Leave a Comment